Aafno Khabar

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

  • आफ्नो खबर
  • October 10, 2020 प्रकाशित

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिनुभएको थियो ।

मन्त्री भट्टराईको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो । मन्त्री भट्टराइलाई अहिलेसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको नदेखिएको उहाँलेब ताउनुभयो ।

आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन उहाँले आग्रह गर्नुभएको छ ।