काठमाडौं । सरकारले डा. गोविन्द केसीसमक्ष अनशन तोड्न आग्रह गरेको छ । केसीले उठाएका मुद्दाहरु संवोधनको क्रममा रहेको उल्लेख गरी विषम परिस्थितिमा अनशन अन्य गर्न आग्रह गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले विज्ञप्ती जारी गरी अनशन स्थगित गर्न अनुरोध गर्नुभएको हाे । बिहीबार र शुक्रबार केसी पक्षसँग सरकारी टोलीले वार्ता गरेको थियो । शुक्रबार राति डा. केसीको पक्षका वार्ता टोलीसँग बिना निर्ष्कष वार्ता टुंगिएको थियो ।
डा. केसी विभिन्न माग राखेर २६ दिनदेखि अनशनमा हुनुहुन्छ ।