सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ ।
चिनियाँ एप टिकटक यसअघि भारत, अमेरिकालगायतका देशले प्रतिवन्ध लगाइसकेका छन् । शुक्रबारदेखि पाकिस्तानले पनि टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।
“अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकालेर पाकिस्तानले शुक्रबारदेखि टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् ।
टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र भइरहेकाले नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनु परेको उनीहरुले बताएका छन् । पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएकोले टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ ।