काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।
शनिबार नेपालमा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् ।