Aafno Khabar

विभिन्न नागरिक संगठनद्वारा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीकाे माग

  • आफ्नो खबर
  • October 10, 2020 प्रकाशित

काठमाडाैं । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ को खारेजीको माग गरी नागरिक सङ्गठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेका छन् ।

शुक्रबार सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाललगायत विभिन्न १९ नागरिक सङ्गठनले उक्त कार्यविधि खारेज गरी उच्चस्तरीय छानवीन समितिको प्रतिवेदनको कार्यान्वयन गर्न माग गरेका हुन् ।

‘दीगो वन व्यवस्थापनका सिद्दान्त र मूल्य मान्यता, वातावरणीय निष्ठा, सामाजिक–आर्थिक न्याय र सुशासनमा आधारित हुनुपर्छ र विज्ञानका नाममा प्रकृतिको विनाश गर्ने, समुदायिक वन लगायतका प्राकृतिक स्रोतमाथिको अधिकारमा हस्तक्षेप गर्ने र निश्चित व्यक्ति र वर्गको मुनाफाका लागि प्राकृतिक वन विनाश गर्ने जस्ता कुराहरु राज्य, जनता र समुदायका लागि कदापी मान्य हुन सक्दैन’, विज्ञप्तिमा भनिएकाे छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

सम्बन्धित शीर्षकहरु