Aafno Khabar
suvakamana add

वालेट मार्फत गरिने कारोबारको शुल्क तोकियो

  • आफ्नो खबर
  • २०७७ आश्विन २४ गते प्रकाशित

काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । शुक्रबार केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण गरेको हो ।

अब सरकारलाई बुझाउने दर अनुसार प्रति कारोबार ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म लाग्ने छ । राष्ट्र बैंकले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ । त्यसपछि भने शुल्क लाग्नेछ ।

नयाँ व्यवस्था अनुसार एक हजार रुपैयाँसम्मको कारोबार निशुल्क हुनेछ भने त्यसपछि एक हजारदेखि ३ हजारसम्मको कारोबारमा प्रति कारोबार पाँच रुपैयाँ, ३ देखि १० हजार रुपैयाँ सम्मको कारोबारमा प्रति कारोबार १० रुपैयाँ र दश हजारदेखि माथिको कारोबारमा प्रति कारोबार ३० रुपैयाँ तिर्नुपर्ने छ ।

वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गरिएको पनि राष्ट्र बैंकले जनाएको छ ।