काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने छ ।
देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे सूचनामा उल्लेख छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।