Aafno Khabar

नेपालमा भित्रियो जापानको लोकप्रिय खाना ‘बेन्तो’

  • आफ्नो खबर
  • October 9, 2020 प्रकाशित

काठमाडौं । जापानको लोकप्रिय खाना ‘बेन्तो’ नेपालमा पनि भित्रिएको छ । बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्ट परिसरमा रहेको होक्काइडो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा ‘बेन्तो’ नेपालमा भित्र्याएको हो । जापानमा तालीम प्राप्त अनुभवी सेफले जापानीहरूकै निगरानीमा तयार पार्ने ‘बेन्तो’ हाल ५ विभिन्न प्रकारमा उपलब्ध हुनेछ ।

अहिले भाटभटेनी सुपर मार्केटको पहिलो स्टोर (नक्साल भाटभटेनी) मा उपलब्ध हुने बेन्तोका प्रकार क्रमशः भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा विक्री बढाउदै जाने होक्काइडो रामेन हाउसले जनाएको छ ।

हाललाई भाटभटेनी सुपरमार्केटसँग सहकार्य गर्दै आएको रामेन हाउनले बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्स समेत उपलब्ध गराउँने बताएको छ ।