Aafno Khabar
suvakamana add

भरतराज पौड्याल बने परराष्ट्र मन्त्रालयको सचिव

  • आफ्नो खबर
  • २०७७ आश्विन २३ गते प्रकाशित

काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिव पौड्याललाई सचिवमा नियुक्त गरेको हो ।

शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो । मन्त्रालयको प्रवक्तासमते रहेका पौड्याल सबैभन्दा सिनियर सहसचिव हुनुहुन्थ्यो ।