Aafno Khabar
suvakamana add

साहित्यतर्फको नोबेल पुरस्कार लुइस ग्लुकलाई

  • एजेन्सी
  • २०७७ आश्विन २२ गते प्रकाशित

काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।

लुइस कविता विधामा काव्‍य शैलीमा लेख्ने कवियत्री भनेर चिनिन्छिन् । उनले आफ्नो बाल्‍यकाल, पारिवारिक जीवन, आमा-बुवाको बालबालिकासँगको सम्बन्धलगायका धेरै विषयमा कविता लेखिसकेकी छिन् ।