Aafno Khabar
suvakamana add

धुर्मुस सुन्तली फाउण्डेसनलाई वाग्मती प्रदेश सरकारको तीन करोड हस्तान्तरण

  • आफ्नो खबर
  • २०७७ आश्विन २२ गते प्रकाशित

काठमाडाैं । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रुपैयाँ रकमको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसासहित रङ्गशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले छिटाे काम सक्न सफलताकाे शुभकामना पनि दिनुभयो ।