Aafno Khabar

१६ वर्षीया युवती एकदिनका लागि बनिन् फिनल्यान्डकी प्रधानमन्त्री

  • आफ्नो खबर
  • October 8, 2020 प्रकाशित

फिनल्यान्डको एकदिने प्रधानमन्त्री बनेपछि सञ्चारमाध्यमसँग बोल्दै किशोरी । FINISH GOVRNMENT

बुधवार फिनल्यान्डकी एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैंगिक विभेदको अन्त्य गर्ने आफ्नो अभियानलाई थप बलियो बनाउन १६ वर्षीया एभालाई प्रधानमन्त्री पद हस्तान्तरण गरेकी थिइन् ।

प्रधानमन्त्रीको रुपमा उनीले दिनभर विभिन्न भेटघाट गरिन् । राजनीतिकर्मीहरुसँगको छलफलको मुख्य उद्देश्य प्रविधिमा महिला अधिकार थियो ।

फिनल्यान्डले प्लान इन्टर्न्याश्नलको ‘गर्ल्स टेकओभर’ अर्थात् युवतीको सत्तारोहणमा सहभागी भएको यो चौथो वर्ष हो । यस अभियानमा संसारभरिका देशहरूका किशोरीहरूलाई एक दिनको निम्ति राजनीति र अन्य क्षेत्रका नेताहरूको जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ ।