काठमाडौं । सात वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडौंबाट ४३ वर्षीय पुरूष पक्राउ परेका छन्।
पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक रहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका–३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए। स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो।
बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए।
विकले बालिकालाई फकाएर लगेको बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।