Aafno Khabar

सानिमा जेनेरल इन्स्योरेन्सको आईपीओ आजदेखि

  • आफ्नो खबर
  • October 7, 2020 प्रकाशित

काठमाडौं । सानिमा जेनेरल इन्स्योरेन्सको साधारण शेयर बिहीबारदेखि निष्कासन हुने भएको छ । कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर निष्कासन हुन लागेको हो ।

निष्कासन हुने शेयरमध्ये एक लाख २० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि, एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि हुने कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी आव २०७४/७५ मा ५.५९ प्रतिशत, २०७५/७६ मा ०.७४ प्रतिशत रहेको थियो । गत आवको अपरिष्कृत विवरण अनुसार २.६६ प्रतिशत रहेको छ भने चालू आवका लागि ४.९४ प्रतिशत प्रक्षेपण गरिएको छ ।

क्रेडिट रेटिङमा यो संस्थाले केयर एनपी बीबी प्लसा (आईएस) प्रमाणपत्र प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ ।

शेयर आवेदन भर्ने अन्तिम मिति यही असाज २५ गतेसम्म रहेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।