काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । मंगलबारको तुलनामा सुन तोलामा ८ सय ले घटेको हो ।
मंगलबार तोलामा ८ सयले बढेर ९४ हजार ९ सयमा कारोबार भएको सुन बुधबार तोलामा ८ सयले घट्दै सोमबारकै मुल्यमा कारोबार भएको हो । छापावाल सुन ९४ हजार १ सय र तेजावी सुन ९३ हजार ६ सयमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मुल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैंयाले घट्दै ११ सय ७५ मा कारोबार भइरहेको छ । चाँदी मंगलबार तोलाको १२ सय र सोमबार तोलाको ११ सय ८० मा कारोबार भएको थियो ।