तस्बिर : डा. कीर्तिपाल सुवेदीको फेसबुकबाट ।
काठमाडौं । सोमबार थापाथलीमा रहेकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोनिका तामाङले पाँच शिशु जन्माउनुभएको छ ।
उहाँले साेमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिनुभएकाे हाे । अस्पताल स्रोतका अनुसार तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ ।
एक महिलाबाट पाँच शिशु बिरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलो, दोस्राेको आठ सय ग्राम, तेस्राेको १.९ किलो र चौथाको १.६ किलाे छ ।