बलिउड गायिका नेहा कक्कडको विहेको चर्चा चलेको छ। भारतीय मिडियाले आगामी २४ अक्टुबरमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको उल्लेख गरेका छन् । विहेको निमन्त्रणा समेत पठाइ सकिएको छ ।
विहेमा दुबै परिवारका आफन्त र नजिकका मित्रमात्रै सहभागी हुने उल्लेख छ ।
रोहन प्रीत सिंह २०१९ मा ‘इंडियाज राइजिंग स्टार’ को तेस्रो सीजनमा प्रतियोगीका रुपमा देखिएका थिए । वेडिंग रियलिटी शो ‘मुझसे शादी करोगे’मा पनि प्रतियोगीका रुपमा थिए ।
यसअघि नेहाको नाम सिंगिंङ रियालिटी शो ‘इंडियन आइडल’ मा होस्ट आदित्य नारायणसँग जोडिएको थियो । आदित्य र नेहाको जोडीलाई जुब रुचाइएको थियो। शोमै अभिभावक बोलाएर विहे गरिदिने भन्ने नाटक पनि गरियो। तर, केही भएन ।
अहिले इण्डियन आइडलको नयाँ सीजन सुरु हुने बेला फेरि नेहाको विहेको चर्चा सुरु भएको छ ।