काठमाडौं । कोरोना भाइरसको संक्रमित संख्यामा नेपालले चीनलाई पछि पारेको छ ।
चीनमा हालसम्म ८५ हजार ४५० जना मानिस कोरोना संक्रमित भेटिएका छन् । आइतबारसम्म नेपालमा ८६ हजार ८२३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्यामा बढी भए पनि मृत्युदर भने नेपालमा कम छ।
कोारनो संक्रमणबाट हालसम्म चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ । नेपालमा भने आइतबारसम्म ५ सय ३५ जनाको मृत्यु भएको छ ।