काठमाडौं । देशका केही भूभागमा आइतबार हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आइतबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।