भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म ६४ लाख ७३ हजारबढी मानिस कोरोना संक्रमित भइसकेका छन् ।
संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ ।
भारतमा कोरोनाबाट पहिलो मृत्यु भएको २०४ दिनपछि कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो । ब्राजिलमा यो संख्या १५८ दिनमा पुगेको थियो भने अमेरिकामा ८३ दिनमा एक लाखको ज्यान गएको थियो ।