Aafno Khabar

कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु

  • आफ्नो खबर
  • October 2, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

शुक्रबार नेपालमा थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । संक्रमितमध्ये ६० हजार ६९६ जना निको भएर घर फर्किएका छन् ।