काठमाडौं । बिहीबार पश्चिम नेपालबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरिबाट बाहिर हट्न भने अझै केही दिन लाग्नेछ । पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व भएर नेपालबाट बाहिरिन्छ ।
सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ ।
यो वर्ष पनि दुई दिन ढिला नेपाल प्रवेश गरेको मनसुन बिहीबार पश्चिमबाट बाहिरिए पनि देशभरिबाट बाहिरिन भने अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ ।