Aafno Khabar

देशका केही स्थानमा पानी पर्ने सम्भावना

  • आफ्नो खबर
  • October 1, 2020 प्रकाशित

काठमाडौं । बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

हाल बंगालको खाडीमा न्यूनचापीय क्षेत्र रहेकोले मौसममा आंशिक र सामान्य बदली रहेको हो ।

सम्बन्धित शीर्षकहरु