बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले चुरोट पिउने गरेको बताएकी छिन् । ड्रग्स लिएको भन्ने आरोप अस्वीकार गरि दीपिकाले नारकोटिक्स कन्ट्रोल ब्यूरोलाई चुरोट पिउने गरेको बयान दिएकी हुन् ।
उनले आफ्नो म्यानेजर करिश्मालाई ह्वाट्स एप च्याटमा माल छ भनेर सोधेको कुरामा चुरोटलाई नै माल भनेको दावी गरेकी छन् । फिल्म इण्डस्ट्रीमा केही कुरामा आफूले कोड भाषा प्रयोग गर्दै आएको र माल भनेको ड्रग्स नभई चुरोट भएको उनको बयान थियो ।
एनसीबीले शनिबार दीपिकासँग सोधपुछ गरेको थियो ।