Aafno Khabar

वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

  • आफ्नो खबर
  • September 30, 2020 प्रकाशित

काठमाडौं । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द भएको छ ।

कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेपछि पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढि भएको थियो । कार्यालयले असोज १ बाट १३ गतेसम्म २ हजार ९ सय २७ पुरुष र १ सय ८९ महिला गरी तीन हजार १ सय १६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।