काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि ५ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि बढेर तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।