काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको छ । विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिन थालेको केसीको हेरविचार गरिरहेको स्वास्थ्य टोलीका संयोजक डा.सुभाषप्रसाद आचार्यले जनाउनुभयो ।
उहाँको रगतमा डब्लुबीसीको मात्रा अत्यन्त न्यून भएको छ भने ब्लड सुगर, सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम फोस्फोरस सबै न्यून भएका छन् ।
अनशनको १५ औं दिनमा उहाँलाई छातिको दुखाई, रिंगटा लाग्नेलगायत विभिन्न स्वास्थ्य समस्याहरु देखिएको चिकित्सकले बताएका छन् ।
डा. केसीको पीसीआर रिपोर्ट नेगेटिभ आएको विज्ञप्तिमा जानकारी गराइएको छ ।‘उहाँको स्वास्थ्य अवस्थामा कुनै पनि समय उव्ल्लेख्य परिवर्तन आउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चाँडै नै सघन उपचार कक्षमा स्थानान्तरण गर्नुपर्ने हुन सक्छ ।’