काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको छ।
मन्त्रीपरिषद बैठकले सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेको बुझिएको छ ।
मन्त्रीमण्डल हेरफेर बारे बैठकमा कुनै छलफल नभएको स्रोतले बताएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्दै आएको भए पनि प्रधानमन्त्री ओलीले आज बैठक राख्नुभएको हो ।