Aafno Khabar

पछिल्लो २४ घण्टामा ८८५ कोरोनामुक्त, १० जनाको मृत्यु

  • आफ्नो खबर
  • September 27, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ। आइतबार कोरोनाका कारण १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनबाट मृत्यु हुनेको सङ्ख्या ४७७ पुगेको छ ।