Aafno Khabar

सरुवा भएर कार्यक्षेत्र जादै गरेका प्रहरीको होटलमा मृत्यु

  • आफ्नो खबर
  • September 25, 2020 प्रकाशित

दार्चुला । दार्चुला जिल्ला प्रहरी कार्यालयबाट सरुवा भएर दार्चुलाकै दुर्गम क्षेत्र हुति जादैं गरेका सई धु्रव रावलको दार्चुला सदरमुकाम बाङाबगरस्थित एक होटलमा कृत्यु भएको छ ।

शुक्रबार विहान ४ः बजे शौचालयमा लडेको अवस्था भेटिएका सईलाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन।

घटना बारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि मात्र थाहा भएको थियो । घटना बारे विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल दार्चुलाले जनाएको छ ।

अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएका छन् ।