Aafno Khabar

आज पनि घट्यो सुनको मूल्य, तोलाको कती ?

  • आफ्नो खबर
  • September 24, 2020 प्रकाशित

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि घटेको छ । आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि मूल्य घट्दै गएको महासङ्घले जनाएको छ । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ ।