Aafno Khabar
suvakamana add

प्याजको बिक्रि मूल्य तोकियो

  • आफ्नो खबर
  • २०७७ आश्विन ५ गते प्रकाशित

पर्सा । पर्सामा प्याजको बिक्री मूल्य तोकिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीबीच भएको छलफलबाट प्याजको मूल्य तोकिएको हो।

अहिलेका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

भारतले प्याजको निर्यातमा रोक लगाएपछि कृत्रिम अभाव गरी महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही गर्न थालेको छ ।

वीरगञ्जको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठगेको गुनासोपछि अनुगमन र कारबाही थालेको हो ।