काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुसँग प्रतिष्पर्धाका लागि पार्टीको झण्डालाई व्यापारका लागि प्रयोग गर्न रोकेर समाजवादको बहसमा उत्रार्न आवश्यक रहेको बताएका छन् । गणेशनमान सिंहको स्मृति दिवसका अवसरमा प्राध्यापक बहस चौतारीले आयोजना गरेको अर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले जनतामाझमा समाजवादीको खरो व्याख्या गरेर जानुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको लोगो र झण्डालाई व्यापार व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम बढेको बताउनुभयो । पौडेलले पार्टीको सवै नेता कार्यकर्ताहरुले समाजवादी आचरण र व्यवहार देखाउनुपर्ने धारणा राख्नुभयो । आउदो चुनाव जित्नका लागि कांग्रेसलाई समाजवादमा खरो उतार्नु आवश्यक भएको भन्दै अब राजनीति जोड घटाउबाट राजनीति चलाउने होइन सिद्धान्तको राजनीति आवश्यक भइसकेको बताउनुभयो ।
पौडेलले भन्नुभयो ‘कम्युनिष्टसँग हामी अब खरो रुपमा बहसमा उत्रनुपर्छ ।’ हाम्रो समाजवाद भनेको हो । राष्ट्रियता यो हो लोकतन्त्रप्रतिको आस्था यो हो । कम्युनिष्टहरुलाई सिद्धानतको बहसमा उतार्न सक्नुपर्छ । कम्युनिष्टहरुको विचार के हो । उनीहरुले अझै पनि झुट बोलिरहेका छन् । पौडेलले कम्युनिष्टलाई सिद्धान्तको बहसमा उत्रार्न सकेमात्र कांग्रेसको जीत हुने बताउनुभयो ।
‘सिद्धान्तको लडाई नथाले कम्युनिष्टसंग प्रतिष्पर्धामा उत्र्रनै सकिदैन् ।’ उनीहरुसँग पैसा राज्यसत्ता सवै छ अब कम्युनिष्टलाई पररास्त गर्न सकिदैन् । पुँजीपति रिसाउछ कि भनेर मोजाहिल्ला नगरि जनताले बुझ्ने भाषामा समाजवादको व्याख्या गर्नुपर्ने पौडेलको भनाई थियो । पौडेल भन्नुभयो कांग्रेसको समाजवाद भनेको गरिबको हितका लागि हो, दलितको पक्षमा हो, श्रमिकको साथी समाजवाद हो, किसानको विचार समाजवाद हो ।
वरिष्ठ नेता पौडेलले गरिबको हित सुरक्षा नगरि पुँजीपतिको सुरक्षा हुँदैन भन्ने विश्वास पुँजीपतिलाई दिलाउनुपर्ने बताउदै गाँउको विकासले शहरको व्यापार बढ्ने विश्वास दिलाउनुपर्ने बताउनुभयो । उहाँले समाजवाद भनेको मान्छेलाई मान्छेको रुपमा हेर्ने दृष्टीकोण भएको पनि बताउनुभयो ।
कार्यक्रममा प्रध्यापक डा.गोविन्दमान सिंह कार्कीले कार्यपत्र पेश गर्नुभएको थियो । सो कार्यपत्रमाथि नेपाल पत्रकार महासंघको पूर्व सभापति धर्मेन्द्र झाले टिप्पणी गर्नुभएको थियो ।