Aafno Khabar

कक्षा १२ काे परीक्षाबारे भ्रामक समाचार नपत्याउन परीक्षा बाेर्डकाे आग्रह

  • आफ्नो खबर
  • September 17, 2020 प्रकाशित

काठमाडौं । कक्षा १२ को परीक्षाका सम्बन्धमा सार्वजनिक भएका समाचारहरु गलत भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१२ कक्षाको परीक्षाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार गलत भएकाले त्यस्ता समाचार तथा टिप्पणीमा विश्वास नगर्न बोर्डले आग्रह गरेको हो ।

बिहीबार विज्ञप्ति निकालेर बोर्डले केही सञ्चारमाध्यमले परीक्षा सञ्चालनका विधिबारे काल्पनिक समाचार सम्प्रेषण गरिरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सरकारी स्वामित्वको समाचार संस्थासहित पत्रपत्रिका र अनलाइनहरुले कक्षा १२ को परीक्षाको मोडालिटीबारे विभिन्न समाचार सम्प्रेषण गरेका थिए । जसमा कक्षा १२ काे परीक्षामा ४० अंककाे अनलाइन परीक्षा हुने जनाइएकाे थियाे ।