काठमाडाैं । बुधबार बिहान देशका विभिन्न स्थानमा वर्षा भइरहेकाे छ ।
बुधबार बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो पनि देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको अनुमान गरिएको महाशाखाका मौसमविदले उल्लेख गरेका छन् ।
बुधबार राति पनि देशभर सामान्यतया बदली रहने छ भने केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।