Aafno Khabar
Creative Ideas

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

  • आफ्नो खबर
  • २०७७ भाद्र ३० गते प्रकाशित

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चोरखोलामा गएराति फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

हिजो दिउँसो त्यही ठाउँमा गएको पहिरो पन्छाएर बेलुका एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुईतर्फी नै सडक अवरुद्ध बनेको छ ।