Aafno Khabar

घिसिङलाई प्राधिकरणको निर्देशक बनाउन मन्त्रीपरिषद बैठकले गरेन निर्णय

  • आफ्नो खबर
  • September 14, 2020 प्रकाशित

काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय आजको मन्त्रीपरिषद बैठकबाट पनि हुन सकेन् । गत आइतबारबाट रिक्त रहेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमानलाई नियुक्त गर्ने तयारी भएको भए पनि आजको बैठकले निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

उर्जामन्त्री वर्षमान पुन र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्राधिकरणमा घिसिङलाई निरन्तरता दिने पक्षमा भए पनि प्रधानमन्त्री ओली अनइच्छुक भएको बताइएको छ ।

तर आम नागरिक स्तरबाट घिसिङलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने दवाब छ भने घिसिङ पनि एक कार्यकाल प्राधिकरणमा रहन इच्छुक देखिएका छन् ।