Aafno Khabar

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारको सिफारिस

  • आफ्नो खबर
  • September 14, 2020 प्रकाशित

काठमाडौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

गौतम २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा वर्दियाबाट पराजित हुनुभएको थियो।

सरकारले राष्ट्रियसभामा मनोनित गर्ने बाँकी दुई सिटमध्ये रामनारायण बिडारी र विमाल पौडेल रहेका छन्।

यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाउनुभएको छ ।