Aafno Khabar

कक्षा १२ काे विद्यार्थीकाे खाेजीमा राष्ट्रिय परीक्षा बाेर्ड

  • आफ्नो खबर
  • September 14, 2020 प्रकाशित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थी खोजी गरिरहेकाे छ । बोर्डले पठनपाठन गरेको स्थानभन्दा टाढा रहेका विद्यार्थीहरुको एकिन विवरण संकलन थालेको हो ।

विवरण संकलन थालेकाेले १२ काे परीक्षा लिन लागेकाे हाे कि भन्ने आशंका पनि गरिएकाे छ ।

बोर्डले शनिबार एक सूचना निकालेर कोभिड–१९ को महामारीका कारण आफू अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसोबास गरिरहेकाले विद्यार्थीको विवरण उपलब्ध गराउन प्रदेश/शाखा कार्यालयहरूलाई निर्देशन दिएको छ ।

अहिले बसोबास गरिरहेको स्थान र नजिकको कक्षा १२ सञ्चालन भइरहेको विद्यालयको नाम, ठेगाना र कोडसहितको विवरण ७ दिनभित्र प्रदेश वा शाखा कार्यालयमा पठाउन बोर्डले विद्यालयलाई निर्देशन दिएको छ । देशभर १२ कक्षासम्मको अध्ययन गराउने ८ हजार ७ सय ३ वटा विद्यालयहरु छन् ।

१२ सम्म अध्ययन गराउने देशभरका विद्यालयको नाम, ठेगाना र कोड नम्बर  :