बाँके । ससुरालीमा श्रीमती लिन गएका एक व्यक्तिकाे हत्या भएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिटबाट हत्या भएकाे हाे ।
हत्या गरेको अभियोगमा उहाँका ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जना शनिबार बिहान पक्राउ परेका छन् ।
श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाइ वृक्ष नामक फल पानीमा घोली खुवाएका थिए । गम्भीर घाइते भएका रैदासकाे नर्सिंङहोम नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।