Aafno Khabar

बालिका बलात्कारकाे अभियाेगमा एक जना पक्राउ

  • आफ्नो खबर
  • September 12, 2020 प्रकाशित

धादिङ । १३ वर्षीया एक बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाल शुक्रबार पक्राउ परेका हुन् । बालिकालाई घरमा बोलाएर बलात्कार गरेको अभियोग कुमालमाथि छ।

बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।