Aafno Khabar
Creative Ideas

तस्बिरमा क्यालिफाेर्नियाकाे डढेलाे

  • एजेन्सी
  • २०७७ भाद्र २६ गते प्रकाशित

क्यालिफोर्नियामा केही दिनदेखि लागेको डढेलोले भयावह स्थिति निम्त्याएकाे छ । हजाराैँ घर जलेर नष्ट भएका छन् । समाचार संस्था एपीका अनुसार डढेलोका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ।

इल डोरा क्षेत्रमा आयोजना भएको एक पार्टीबाट त्यहाँ आगलागी अनियन्त्रित भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजओमले राज्यमा आपतकाल घोषणा गरेका छन् ।

डढेलोको कारण विभिन्न शहरहरुमा अन्धकार र कुहिरिमण्डल भएकाे विभिन्न मिडिया र सामाजिक संजालका तस्बिरहरुमा देख्न सकिन्छ ।

PHOTO CREDIT : AP/GUARDIAN