काठमाडाैं । शुक्रबार देशभरकाे माैसम सामान्यतया देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार बिहान देशका अधिकांश भूभागमा बदली भइ हलुका वर्षा भइरहेकाे छ भने गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेकाे छ ।