काठमाडाैं । एक जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार लकडाउन खुकुलो भए पनि एक जिल्लाबाट अर्को जिल्लामा जादा १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने बताउनुभएकाे हाे ।
यसरी क्वारेन्टीनमा बसेको खर्चको ब्यहाेर्नुपर्नेछ ।
विदेशबाट नेपाल आउदा पनि १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने छ । यसरी १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि कोरोना संक्रमणको लक्षण नदेखिएको अवस्थामा पीसीआर परीक्षण पनि गर्न नपर्ने उहाँले जानकारी दिनुभयाे ।