काठमाडाें । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको हो ।
बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बुधबारकाे तुलनामा तोलामा १० रुपैयाँ बढेर १३ सय २५ मा कारोबार भइरहेकाे महासङ्घले जनाएको छ ।