Aafno Khabar

उपत्यकामा व्यापार : कुन बार कुन पसल खाेल्न पाइने ?

  • आफ्नो खबर
  • September 9, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डसहित सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने छ ।

भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ ।

यसैगरी फर्निचर र अटो मोबाइलसम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रोनिक पसल र डिपार्टमेन्ट स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ ।

सवारी साधनमार्फतसम्बन्धी वर्कशप बिहान ८ देखि बेलुका ८ बजेम्म मात्र सञ्चालन गर्न सकिने तर स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमा व्यवस्था गर्नुपर्नेछ ।

याे पनि पढ्नुहाेस् ।

उपत्यकामा जाेरविजाेर, सार्वजनिक यातायात पनि चल्ने