Aafno Khabar
Creative Ideas

सरकारले कोरोनाको नाममा भ्रष्टाचार बाहेक केही गरेन : सभापति देउवा

  • आफ्नो खबर
  • २०७७ भाद्र २४ गते प्रकाशित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा नाममा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ ।

१०७ औं विपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा सभापति देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताउनुभयो । सरकारलाई कुनै चिन्ता छैन, सरकारले कोरोनाका नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम गरेको छैन ।

सरकारले अझै पीसीआर परीक्षण नबढाएको, आइसोलेसन सेन्टरहरु नबढाएको सभापति देउवाको आरोप छ ।