Aafno Khabar

धादिङमा केन्द्रबिन्दु भएर भूकम्प

  • आफ्नो खबर
  • September 9, 2020 प्रकाशित

काठमाडाैं । धादिङमा बुधबार दिउँसो भूकम्प गएको छ ।

धादिङको नीलकण्ठ केन्द्रबिन्दु बनाएर दिउँसो ३ बजेर ४८ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्प २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रको भनाइ छ ।