यूईएफए नेशन्स लिग फुटबलमा फ्रान्स क्राेएसियासँग ४-२ ले विजयी भएकाे छ । बुधबार बिहान भएकाे खेलमा फ्रान्ससँग क्राेएसिया पराजित भएकाे हाे ।
१६ औँ मिनेटमा डिजेन लोभरेनकाे गोलमार्फत क्रोएसियाले अग्रता लिएकाे थियाे । त्यसपछि एन्टोनी ग्रिजम्यानले ४३ औँ मिनेटमा गोल गरेर फ्रान्सलाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोविचले आत्मघाती गोल गरे ।
५५ औँ मिनेटमा जोसिप ब्रेकालोले गोल गरेर क्रोएसियालाई बराबरीमा पुर्याए । त्यसपछि फ्रान्सले २ गाेल गर्न सफल भयाे । ६५ औँ मिनेटमा डायोट उपामेकानोले गोल गरे ।
७७ औँ मिनेटमा पाएको पेनाल्टीमा ओलिभर जिरउडले गोल गरेपछि फ्रान्स ४–२ गाेल अन्तरले विजयी भयाे ।