यूईएफए नेशन्स लिग अन्तर्गत मंगलबार राति भएकाे खेलमा पाेर्चुगलसँग स्वीडेन पराजित भएकाे छ । पाेर्चुगलकाे जितमा क्रिष्टियानाे राेनाल्डाेले २ गाेल गरे ।
याे गाेलसँगै राेनाल्डाेले पाेर्चुगलका लागि १०० गाेलकाे आँकडा पार गरेका छन् । राेनाल्डाेले पाेर्चुगलका लागि हालसम्म १०१ गाेल गरेका छन् ।
पाेर्चुगलका लागि राेनाल्डाेले ४५ औँ मिनेटमा र ७२ औँ मिनेटमा गाेल गरेका हुन् । ४५ औँ मिनेटमा २५ यार्ड टाढाबाट हानेकाे फ्रीकिक सिधा गाेलमा परिणत भएकाे थियाे । त्यसपछि उनले ७२ औँ मिनेटमा पहिलाे हाफकाे अग्रता दाेब्बर पारे ।